चितवनमा निषेधाज्ञाको समय पुनः एक साता थप

Nishedha 10

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप भएको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राती १२ वजे सकिँदैछ ।

पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडी वाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो ।

भदौ ५ गतेदेखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भदौ १९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० वजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था संञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा अहिले कोरोना सङक्रमित ४९५ पुगेका छन् जसमध्ये चार जनाको मृत्यु भई सकेको छ । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...