१२ बुँदे माग सहित अनेरास्ववियूले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्र

Education ministry

काठमाडौँ । सत्तारुढ दल नेकपा निकट अनेराूववियूले  १२ बुँदे माग सहित ज्ञापनपत्र बुझाएको छ । आज (शुक्रबार) इमेलमार्फत  शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा माग सहित ज्ञापनपत्र प्रस्तुत गरिएको हो ।

कोरोना संकट र निषेधाज्ञाका कारण शिक्षा मन्त्री पोखरेलसँग टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले  जानकारी दिए । ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हरहालतमा खेर जान नदिन , वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजिकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरि त्यसलाई शैक्षिक सत्रकै अङ्ग वनाउन माग गरेको छ ।

त्यसैगरी  कक्षा ११ मा भर्ना हुनुका लागि  यस वर्ष तय गरिएको ग्रेडिङ मापदण्डलाई स्थगित  गरी गतवर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने अनेरास्ववियूले माग गरेको छ । अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको ब्यवस्था गरि कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न माग गरेको छ। त्यसैगरी  शैक्षिक वातावरण बनाउन आइसोलेशन र कोरिन्टिनहरु रहेका विद्यालयहरुमा  डिइन्फेक्शन गर्न र कोरेन्टिनहरुको बैकल्पिक व्यवस्था गर्न समेत माग गरिएको छ।





 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...