बढ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

Corona 13 e1590631748141

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट ४ महिला र ८ पुरुषको मृत्यु भएको हो । मोरङकी ५६ र ६५ वर्षीया दुई महिला, भक्तपुरकी ६४ वर्षीया एक महिला र मकवानपुरकी ७१ वर्षकी एक महिलाको कोरोनाबाट मृत्यु भएको हो ।

उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस