काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्यो, एकैदिन थपिए ४१५ संक्रमित

1590588492 frwvd

काठमाडौँ । कोरोना भाइरसका कारण काठमाडौँ उपत्यकामा एकै दिन ४१५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना गरी ४१५ जना नयाँ संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता संक्रमितको संख्या बढिरहेको छ । देशभरिका पछिल्लो २४ घण्टामा ९२७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस