सचिवालय सदस्य नै आइसोलेसनमा : नेकपाको सचिवालय बैठक स्थगित

Nekapa sachibalaya baithak

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका दुई सदस्य आइसोलेसनमा बस्नु परेपछि सचिवालय बैठक स्थगित भएको छ ।

कोभिड –१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को कार्यालयका एक कर्मचारीमा संक्रमण देखिएको छ । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’आइसोलेसनमा बसेका छन् ।

सचिवालयका दुई जना सदस्य आइसोलेसनमा बस्नु परेपछि शनिबार बोलाइएको सचिवालय बैठक भदौ १८ गते बस्नेगरी स्थगित भएको छ ।

पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित बैठक बोलाइएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...