मंसिरमा बिबाह गर्दै आँचल शर्मा

Aachal sharma  0v6l5h4zxt

काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिबाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् । गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिबाह तयारीमा जुटेकी छन् ।

मंसिर अन्तिमसाता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ । ऋचाको बिबाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले पनि घरजम बसाउन लागेको समाचार मिडियामा चाउन थालेका छन् ।

आँचलले डा.उदीप श्रेष्ठसँग घरजम बसाउन लागेको हुन् । एक वर्षदेखि उदीपको प्रेममा रहेकी आँचल अहिले प्रेमका विषयमा समेत खुल्न थालेकी छन् । उनले उदीपको तारिफ गरेर नथाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा जताततै भेट्न सकिन्छ ।

उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी छन् । एक कुराकानीमा उनले भनेकी छन्,‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दैछिन् । तर यस बिषयमा भने आँचलले केही बोलेकी छैनन् ।

हुन त आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएर सधै आउने गरेका छन् । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ डेब्यू गरेका दुबैले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पनिसँगै काम गरेका थिए ।

धेरै म्युजिक भिडियोमा पनि जोडीका रुपमा देखिने आँचल र पलको प्रेमको चर्चा पनि नचलेको होइन, तर दुबैले भने यो बिषय कहिलै स्वीकारेनन् । फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्यस्त रहदै आएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...