सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

5f48c07d65c82 baby

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको छोरीको बिहीबार रिपोर्ट आएको हो । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ ।

शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उनलाई भदौ १ गते कोहलपुर रिफर गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...