उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

Binod chaudhary

काठमाडौँ । नेपालका एक मात्र डलर अर्बपति उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् । चौधरी ग्रुपका अनुसार अध्यक्ष चौधरी लामो समयदेखि विदेश पनि गएका छैनन् । उनी पहिलो लकडाउनदेखि नै नेपालभित्र नै रहेका छन् ।

हाल उनलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको चौधरी स्वयंले बताएका छन् । कोरोना पोजेटिभ देखिएसँगै उनी आफ्नै घरको लाइसोलेसनमा बसेका छन् । उनले केही व्यावसायिक बैठकमा सहभागी हुँदा समेत कोरोना सुरक्षाको उपाय अपनाएको बताएका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । कन्ट्याक्ट ट्रेसिङअन्तर्गत उनको सम्पर्कमा आएका व्यक्तिहरु सबैलाई चेक जाँचसमेत गराइसकिएको छ ।

प्रतिकृया दिनुहोस