प्रदेश नं १ मा ९० जना कोरोना संक्रमित थपिए

Co

विराटनगर । बिहीवार प्रदेश नं १ मा ९० जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये ३४ जना महिला र ५६ जना पुरुष छन् । संक्रमित हुनेहरुमा मोरङका ४६, सुनसरीका ३८, संखुवासभाका चार तथा इलामका १ र प्रदेश बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या तीन हजार ३० पुगेको छ । त्यस्तै, हालसम्म प्रदेशमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ । बिहीवार ८१ जना संक्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म प्रदेशमा ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...