प्रधानमन्‍त्री ओली र बङ्गलादेशका राष्ट्रपति हमिदबीच शिष्टाचार भेट

75388484 2622413307857440 2927006064601726976 n

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले  शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ट र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारिको क्षेत्रमा विभिन्न ढङ्गले विस्तार गर्ने विषयमा घनिभूत रुपमा छलफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

बङ्गलादेशका राष्ट्रपतिले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई साकार पार्न आफ्नोतर्फबाट हरसम्भव सहयोग गर्ने बचन दिएका छन्। दुबैदेशबीच बाणिज्य विस्तार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, स्वास्थ्य तथा पर्यटन क्षेत्रमा साझेदारी गर्नेबारे कुराकानी भएको छ।

नेपाललाई बंगलादेशले उपलब्ध गराउदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पुर्‍याउने बिषयमा पनि छलफल भएको छ।

व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो। जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले बताए।

सबै कुराको निम्ति प्रधानमन्त्रीले बंगलादेशका राष्ट्रपतिलाई धन्यवाद दिएका छन्। बङ्गलादेशका राष्ट्रपतिले आफ्नो मुलुकको स्वतन्त्रता सङ्ग्राम र त्यसलाई मान्यता दिएकामा नेपाल सरकार र नेपाली जनतालाई धन्यवादसमेत दिए। रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...