कोरोना संक्रमणबाट झापा केर्खा बजारका वृद्धको मृत्यु

Corona death all use

काँकडभिट्टा । झापाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि ती बृद्ध पनि संक्रमणमा परेका हुन् ।

झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आज विहान ४ बजे बजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिइन् ।

कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएका थिए । मृतकको परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएको थियो । उनको मेची प्रादेशिक अस्पतालको आइसोलसेनमा उपचार भइरहेको छ ।

केर्खा बजार वरपर अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण देखिएका क्षेत्र वरपरका बासिन्दाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस