जोडीलाई जंगलमा बन्धक बनाइ अश्लिल भिडियो बनाएपछि...

Sex

काठमाडौँ । जंगलमा ब्ल्याकमेलिङको ५ लाख रकम बुझ्न गएका तीन युवालाई प्रहरीले फिल्मी शैलीमा पक्राउ गरेको छ । एक जोडीलाई मोटरसाइलकसहित जंगलमा बन्धक बनाएर अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्नेमध्ये तीन युवालाई प्रहरीले समातेको हो ।

५ जनाको समूहले अश्लिल भिडियो खिचेर ५ लाख रकम नदिए सामाजिक सञ्जालमा राखिदिने भन्दै जोडीसँग जंगलबाटै ब्ल्याकमेलिङ गर्दै आएको थियो । सो समूहले युवायुवतीको मोबाइल समेत नियन्त्रणमा लिएको थियो ।

जोडी बन्धक बनाइएको घटनाको सुँइको पाएपछि इलाका प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी हरिहरनाथ योगीले जोडीबाट खोसिएका मोबाइल निगरानीमा राखेर अनुसन्धान सुरु गरे । त्यो जोडीबाट खोसिएका फोनहरु पटक–पटक प्रयोग गरेको पत्ता लाग्यो । प्रहरीले लोकेसन ट्रयाक गर्यो ।

सो समूहले बारम्बार फोन गरी मागेको रकम तुरुन्त नदिए अश्लिल भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी जोडीको घर परिवार सदस्यलाई समेत दिइरहेको थियो ।

घटनास्थलको निश्चय गरेपछि गत आइतबार दिनभरजसो सिभिल ड्रेसमा प्रहरी खटिए । तर प्रहरी सफल भइरहेको थिएन । जब रात पर्यो, जोडीको लुटिएका फोनबाट बारम्बार रकमका लागि समूहले रातभर ब्ल्याकमेलिङ गरिरह्यो । सोमबार एकाविहानै जोडीमध्येका युवाले ५ लाख रकम बुझाउने सहमति गरे ।

पीडितका आफन्तले सुटुक्क प्रहरीलाई खबर गरे । मध्यरातमै प्रहरीले योजना बनायो । डिएसपी हरिहरनाथ योगीले एउटा टिम खटाए । ५ लाख रकम बुझाउने ठाउँको प्रहरीले पहिलै नै एकीन गरिसकेको थियो । प्रहरी बिहान ३ नबज्दै रकम बुझाउने स्थलमा बस्यो ।

केही समयको अन्तरालमा ५ लाख रकम बोकेर पीडित युवा पुगे । रकम लगेर युवा जंगलमा पुगेलगत्तै ब्ल्याकमेलिङ गर्ने युवाहरु पनि रकम बुझ्न आइपुगे । लुकेर बसेको प्रहरीले सबै देखिरहेको थियो । जब ती युवाहरुले रकम बुझ्न थाले, त्यति नै बेला प्रहरीले उनीहरुलाई एकै साथ पक्राउ गर्न प्रयास गर्यो ।

तर समूहका केही युवा उल्टै प्रहरीमाथि जाई लागे । प्रहरीमाथि युवा जाइलागेपछि दुई राउण्ड हवाई फायर गर्न बाध्य भएको डिएसपी योगीले बताए । फायरपछि प्रहरीले समूहका तीन जना युवालाई पक्राउ गर्न सफल भयो ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहागरपालिका वडा नं. ३ खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री छन् । स्थानीय २३ वर्षीय इश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी तीव्र पारिएको छ ।

गत शनिबार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाइकलमा सवार एक जोडीलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खमारीस्थित चमेरे गुफाबाट फर्किँदै गर्दा युवाहरुले बन्धक बनाएका थिए । बन्धक बनाएर डर-त्रास देखाई सो समूहले अश्लिल भिडियो बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...