स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमण अझैं तीव्र गतिमा बढ्छ, सतर्क बन्नुस्

Dr.jageshwor gautam

काठमाडौं । बिहीबार देशभरी थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी हेर्दा नेपालमा सजिलै आँकलन गर्न सकिन्छ की कोरोना संक्रमण वृद्धि अत्याधिक भइरहेको छ । यही बेला सरकारले पनि तत्काल कोरोना संक्रमण नरोकिन, बरु झन तीव्र रुपमा बढ्ने खतरा औल्याएको छ । कोरोना भाइरसको संक्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन सरकारले नै गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए ।

उनले संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे । ‘नेपालमा सवै अङ्ग संक्रमणको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि संक्रमणबाट पीडित भएका छन्’, उनले भने, ‘यस्तो कठिन घडी संक्रमण रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस् ।’

विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ । कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउनसमेत उनले अनुरोध गरे ।

उनले संक्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे । ‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढिरहेको छ’ उनले भने, ‘सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको छ ।’

उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ । उनले संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे । प्रवक्ता डा. गौतमले संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...