अन्तरजातीय प्रेम सम्बन्ध : प्रहरीको चरम यातनाबाट रौतहटमा दलित युवाको मृत्यु

Bjaya ram

वीरगञ्ज । पछिल्ला केही समययता दलित समुदायमाथि हुने ज्यादत्तिका घटना ह्वात्तै बढेको छ । पछिल्लो समयमा पश्चिम रुकुमलाई झस्काउनेगरी रौतहटमा अर्काे ज्यादत्तिपूर्ण घटना भएको छ ।

पश्चिम रुकुममा अन्तरजातीय प्रेम सम्बन्धमा नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटना सेलाउन नपाउँदै अन्तरजातीय प्रेम सम्बन्ध लुकाउन गरिएको हत्यामा चपेटामा दलित युवा मारिएका छन् ।

साउन ३२ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका १९ वर्षीय विजय राम महराको उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको स्थानीय गैरदलित युवतीसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेका कारण हत्या भएको थियो । हत्याको मुख्य अभियुक्तलाई उन्मुक्ति दिनेगरी सो घटनामा संलग्न नभएका युवाहरुलाई समेत पक्राउ गरी जवरजस्ती स्वीकार गराउन प्रहरी यातना दिँदा घाइते विजयको उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।

प्रहरीको चरम यातनाबाट विजयको मिर्गाैलामा असर परेको र यातनाकै कारण मृत्यु भएको प्रदेश नं. २ का दलित अगुवाहरुको निष्कर्ष छ । विजय रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका थिए ।

पीडितले त्यहाँका दलित अधिकारकर्मीलाई दिइएको जानकारी अनुसार प्रहरीले करेन्ट लगाएर याताना दिएकोले उनको मृर्गौलामा असर पुगेको पाइन्छ । प्रहरीको कुटाईबाट घाइते विजयलाई सोही जिल्लाको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा १० गते राती मृत्यु भएको थियो । उपचारका क्रममा प्रहरीले पीडितका परिवार र दलित अधिकारकर्मीलाई समेत भेट्न दिएको थिएन ।

महरालाई प्रहरीले चरम यातना दिएर बाच्न नसक्ने भएपछि गरुढास्थित अनमिका अस्पतालमा उपचारका लागि लगेको थियो । तर, सो अस्पतालामा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो । सो अस्पतालमा उपचारका क्रममा महराको मृत्यु भएको हो ।

निरञ्जन रामको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विजय राम महरासहित १० जनालाई पक्राउ गरेको थियो । विकेश यादव, प्रशान्त यादव, किशोर मल्लिक, मनोज पासवानलाई सोही दिन परिवारको जिम्मा लगाएको थियो भने विजयसहित बाँकी ६ जनालाई अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

हिरासतमा रहेका बेला विजय राम महरालाई प्रहरीले चरम यातना दिएका कारण मृत्यु भएको दलित अधिकारकर्मीहरुले आरोप लगाएका छन् । जिल्लाका दलित अधिकारकर्मीहरुले यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै भदौ ५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

तर प्रहरीले भने विजय राम महरा किड्नीको समस्या रहेकाले उपचार गर्न अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको बताउादै आएको छ । ‘विजयलाई वान्ता हुने, पिसाव रोकिने भएपछि अनमिका अस्पताल लगिएको हो । चिकित्सकहरुले पिसावमा खरावी देखिएपछि वीरगञ्ज रिफर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ बताउँछन् ।

कारवाहीको माग
रौटहट जिल्लाको इलाका प्रहरी कार्यालय गरुडाले हत्याको आरोपमा पक्राउ गरी हिरासतमा लिइएका सोही नगरपालिकाका स्थानीय विजय रामको प्रहरीको कुटपिटबाट मृत्यु भएको घटनाको दलित सरोकार मञ्च नेपालले घोर भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष युक्तिलाल मरिकद्धारा बिहीबार जारी विज्ञप्तिमा कानुन कार्यान्वयन गर्ने राज्यको संरचनाबाटै भएको यस किसिमको जघन्य अपराधको घोर निन्दा गर्दै यस घटनाले व्यक्तिको बाच्न पाउने मानव अधिकारको ठाडो उल्लंघन भएको, कानुन कार्यान्वयन गर्ने निकायबाटै दण्डहीनताले प्रश्रय पाई मानवअधिकारलाई ठाडो चुनौती दिएको ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘ यस घटनाले कुनै पनि व्यक्तिलाई अनुसन्धानका लागि सुरक्षा निकायमा ल्याईसकेपछि उसको जीवनको सुरक्षाको दायित्व राज्यले गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डलाई समेत चुनौती दिएको छ । तसर्थ, मञ्चले प्रहरी हिरासतमा रहको विजय रामको हत्यामा संलग्न प्रहरीहरुलाई तत्काल प्रहरी सेवाबाट निलम्बन गरी कडा भन्दा कडा कारबाही गर्न र पीडितलाई न्याय दिन र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।’

धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतभित्रै शम्भु सदाको हत्या भएको घटना सेलाउन नपाउँदै विजय रामको घटनाले दलितमाथि प्रहरीद्धारा गरिने दमन प्रष्ट भएकोले प्रदेश २ मा दलितमाथि भएको हत्या हिंसा, बलात्कार र प्रहरीद्धारा गरिएको हत्याको घटना छानविन गर्न सरकारसँग मञ्चले माग गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...