पछिल्लो २४ घण्टामा थपिए १ हजार १११ संक्रमित, कुल संख्या ३५ हजार नाघ्यो

कुन जिल्लाका कति जना थपिए संक्रमित ? (सुचीसहित)

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५ सय ६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ। हाल देशभर क्वारेन्टाइन ९ हजार ४ सय ८८ जना रहेका छन् ।

आज कुन जिल्लामा कति थपिए ?

प्रदेश १
खोटाङ १ जना
मोरङ २० जना
संखुवासभामा ४ जना
सुनसरीमा ३८ जना

प्रदेश २
धनुषामा ३९ जना
पर्सामा ८५ जना
बारामा ३० जना
महोत्तरीमा ७ जना
रौतहटमा १५ जना
सप्तरीमा २२ जना
सर्लाहीमा ६ जना
सिराहामा ७ जना

बागमती प्रदेश
काठमाडौंमा २७०
काभ्रेमा १३
चितवन ४५ जना
दोलखामा २ जना
धादिङमा १ जना
नुवाकोटमा ७ जना
भक्तपुरमा ४१ जना
मकवानपुरमा ६३ जना
रामेछापमा ६
सिन्धुपाल्चोकमा ३ जना
सिन्धुलीमा ५ जना
ललितपुरमा ६६ जना

गण्डकी प्रदेश
कास्कीमा २ जना
गोरखामा १ जना
तनहुँमा ११ जना
नवलपरासी पूर्व १७ जना
पर्वतमा १ जना
लमजुङमा ३ जना
बागलुङमा ८ जना

प्रदेश ५
कपिलवस्तुमा २१ जना
गुल्मीमा ३ जना
दाङमा २ जना
नवलपरासीमा १८ जना
प्यठानमा ४ जना
बर्दियामा १ जना
बाँकेमा ७५ जना
रुपन्देहीमा ७२ जना

कर्णाली प्रदेश
जाजरकोटमा ५ जना
दैलेखमा १२ जना
सुर्खेतमा ९ जना

सुदूरपश्चिम प्रदेश
कञ्जनपुरमा ६ जना
कैलालीमा २० जना
डोटीमा ६ जना
बझाङमा १ जना
बैतडीमा १७ जना



 

प्रतिकृया दिनुहोस