‘अघोरी बाबा’को श्रीमतीलाइ ५ दिन हिरासतमा राख्न अदालतको आदेश

Agori1 897969893

काठमाडौँ । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् ।  ठगी आरोपमा सोमबार पक्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...