४ वर्षकी बालिकाको हातबाट जुस पिएर डा. केसीले तोडे अनसन

Dr kc at hp senbdfd2lf

डडेल्धरा । डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन तोडेका छन् । लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा. केसीले ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन् । डा. केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको विषयले स्तब्ध भएको उल्लेख गर्दै तत्काललाई अनसन स्थगित गरेका हुन् ।

ुभारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु, उनले भने, राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं ।

डा. केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर अनसन तोडेका हुन् । डा. केसीलाई सोमबार शिक्षा मन्त्री गिरिरराजमणि पोखरेलले लिपुलेकको विषय उठिरहेका कारण तत्काल अनसन स्थगित गर्न आग्रह गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...