भारतले राष्ट्रिय चुनौति दियो, अवसरका रूपमा सदुपयोग गरौँः अध्यक्ष प्रचण्ड

Puspakamal dahal rajyabyabastha samitee raw byte  2.mp4.00 34 23 05.still001 lugqijug5m

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको बताएका छन् । नेकपा भरतपुरको कार्यक्रममा प्रचण्डले नेपाली भूमिलाई भारतले जबरजस्ती आफ्नो देशको नक्सामा राखेको बताएका हुन् ।

प्रचण्डले भारतले नेपाल भूभाग आफ्नो नक्सामा समेटेर राष्ट्रिय चुनौति दिएको बताए । ‘हामीलाई भारतले जबरजस्त रूपमा राष्ट्रिय चुनौति दिएको छ । यसलाई सबै मिलेर अवसरका रूपमा लिएर सकारात्मक परिणाम निकाल्पर्ने बताएका छन् ।

निकाल्नुपर्छ,’ उनले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने बताए । सीमा विवादबारे सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ छ ।

खुसीको कुरा यो छ कि अहिले सबै दल एक छन्, बलियो कम्युनिष्ट पार्टी र बलियो सरकार रहेकाले भारतसँग नेपालको पक्षमा हुनेगरी सरकारले पहल गर्छ’ प्रचण्डले भने । प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि अवसरका रूपमा लिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...