बारामा गोली हानेर बैंक कर्मचारीबाट ६ लाख लुटियो
वीरगन्ज । बारामा मङगलबार बिहान बैंकका एक कर्मचारी लुटिएका छन् । बाराको प्रसौनीस्थित निर्धन उत्थान बैंकका जीवन खड्का, फेटा गाउँपालिका–२ जगतपुर टोलमा रकम संकलन गर्न गएका उनी लुटिएका हुन् ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली फायर गर्दै खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका हुन् । हतियारसहित आएका बन्दुकधारीले एक राउण्ड फायरिङ गरेर खड्काको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर भारततर्फ भागेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।
लुटेराले गोली चलाए पनि मानवीय क्षति भने भएको छैन । लुटेराको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको बाराका प्रहरी उपरीक्षक खनालले जानकारी दिए।
प्रतिकृया दिनुहोस