दलित आन्दोलनको उपलब्धीको रक्षार्थ एकीकृत आन्दोलनको खाँचो रहेको दलित अधिकारकर्मी र नेतृत्वहरु सहमत

Globle news nepal

काठमाडौं । देशभर दलित समुदायमाथि हत्या, हिंसा र छुवाछूतका घटना भइरहेका कारण न्यायका लागि एकीकृत दलित आन्दोन जरुरी भएको दलित अधिकारकर्मी तथा राजनीतिक दलका दलित नेताहरुले निष्कर्ष निकालेका छन् ।

जातिभेद विरुद्ध बिश्व मञ्च (ग्लोबल फोरम) ले रुकुम नरसंहार तथा देशका विभिन्न ठाउँमा भएका दलित हत्या हिंसाबाट पीडित पक्षलाई न्यायका लागि बुधबार आयोजना गरेको रणनीतिक छ्लफलमा सहभागी दलित अधिकारकर्मी र राजनीतिक दलका दलित नेतृत्वहरु आगामी दिनमा दलित आन्दोलनलाई संस्थागत गर्न पनि एकीकृत दलित आन्दोलन गर्न जरुरी भएको निष्कर्षमा पुगेका हुन् ।

सो कार्यक्रममा नेकपा नेता बमबहादुर विश्वकर्मा, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियार, जनता समाजवादी पार्टीकी नेतृ दुर्गा सोब, दलित गैरसरकारी संस्था महासंघका कार्यवहक अध्यक्ष भक्त विश्वकर्मा, नागरिक समाजका अगुवा मोतिलाल नेपाली, मुक्ति समाजका महासचिव गणेश विश्वकर्मा, दलित अधिकारकर्मीहरु कमला हिमचुरी, गजाधर सुनार, चन्द्रेश्वर दास, अधिवत्ताहरु मोहन साशंकर, यमकुमारी ददेल लगायतले सबै प्रकारका वाद र विचारबाट माथि उठेर दलित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

पछिल्लो केही दिनयता रुकुम पश्चिममा नवराज विकसहित ६ जना युवाले अनाहकमा ज्यान गुमाएको घटनापछि देशभर दलित आन्दोलन भएको थियो । साथै रुपन्देहीकी अंगिरा पासी, धनुषाका शम्भु सदा लगायत सप्तरी, झापा, कैलाली लगायतका ठाउँमा दलित समुदायमाथि जघन्य अपराज र कुटपिटका घटना भइरहेका कारण पीडितलाई न्याय दिनका लागि पनि एकीकृत दलित आन्दोदनको खाँचो भएको उनीहरुले बताएका छन् ।

कार्यक्रमका सहभागीहरुले नेपालको दलित आन्दोलनलाई मूलधारको आन्दोलनको रुपमा विकास गरिनुपर्नेमा जोड दिए । अबका दिनमा दलित समुदायलाई न्याय दिलाउन राजनीतिक पार्टीहरुले निष्पक्ष रुपमा पार्टीभित्र बहस गर्नुपर्ने र एकीकृत आन्दोलनको विकास गर्नुपर्नेमा जोड दिए । उनीहरुले एकीकृत दलित आन्दोलनका लागि कोषको स्थापना गरी दलित आन्दोलनको एकीकृत दस्ता निर्माण्मा जोड दिए ।

जातिभेद विरुद्ध बिश्व मञ्च (ग्लोबल फोरम) नेपाल च्याटरका अध्यक्ष मोहन विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा ग्लोवल फोरमका अध्यक्ष तीर्थ बर्माले एकीकृत दलित आन्दोलन हुन नसक्दा संविधानले दिएका अधिकार पाउनबाट समेत बञ्चित हुनुपरेको बताए ।

‘हिजो सबै राजनीतिक विचार भएका साथीहरु एकै ठाउँमा भएका थियौं । हरेका विषमा मात्रृ पार्टी भन्दा माथि उठेर काम गरेका थियौं’ उनले भने, ‘तर पछिल्लो दिनमा यो आन्दोलन एकीकृत हुनसकिरहेको छैन । प्राप्त उपलब्धीलाई कायम गर्न सकेका छैनौं । अहिले मान्छलाई कुटीकटी मारिएका छन् । अहिले झा विकराल बन्दै गएको छ । अब अबको आन्दोलन कसरी अघि बढ्ने भनेर एक हुन जरुरी छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...