शिक्षक नियुक्ति र सरुवामा रोक

Edution ministry

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोक लगाएको छ । शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोक लगाइएको हो ।

मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गरेको हो । शिक्षा सेवा आयोगबाट सिफारिस भइ नयाँ शिक्षक नियुक्ति र पदस्थापना भइरहेकाले यो कार्य नसकुन्जेल शिक्षक नियुक्ति र सरुवामा रोक लगाएको हो ।

मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा पनि शिक्षक नराख्न आग्रह गरेको छ । समायोजनबाटै आवश्यक सङ्ख्यामा शिक्षक पठाउने मन्त्रालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...