कात्तिक २६ गते मंगलवार सार्वजनिक विदा (सुचनासिहत)

Sarbajanik bida

काठमाडौं । भोलि मंगलवार (कात्तिक २६ गते) सार्वजनिक विदा दिइएको छ । एक सूचना जारी गर्दै बागलुङको ताराखोला गाँउपालिकाले कात्तिक २६ गते सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।

गाँउपालिकाको वडा नम्बर २ अर्गलमा प्रचलित भुष पोल्ने पर्वको अवसरमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

गाँउपालिका मातहतका सबै संघ सस्था, शिक्षण सस्थामा बिदा दिइएको शर्माले दिनुभयो । १५ औं शताब्दीमा पाल्पाको अर्गलीबाट बसाई सरेर आएका आर्गली मगर समुदाएले प्रत्येक वर्ष कात्तिक २४ गते देखि २६ गते सम्म भुष पोल्ने पर्व मनाउछन ।

अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन । यो पर्व गाँउपालिका भित्रको ऐतिहाँसिक पर्व भएकोले सार्वजनिक विदा दिएको गाँउपालिका कार्यालयले जनाएको छ । प्रत्येक पर्व कात्तिक २४ गते देखि २६ गते सम्म उनिहरुले यो पर्व मनाउने गर्दछन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...