काठमाडौँ उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म थप

544646666465

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ता  थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

भदौ ३ गतेदेखि थपिएको निषेधाज्ञा आज रातीबाट सकिँदै थियो ।  निषेधाज्ञाको समयमा पनि बाहिरबाट आउने मानिसको संख्या निरन्तर बढीरहेको र उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको हो ।

एक हप्ताको लागि थपिएको निषेधाज्ञा  भदौं १७ गते बुधबार रातीसम्म लम्बिएको छ । यसअघि काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

काठमाडौँ उपत्यका भित्र गाडी प्रवेशमा रोक लगाइएको छ । काठमाडौँ उपत्यका सहित ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...