कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

Mritu

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ मात्रै कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका– ११ ओलानीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आइसीयूमा उपचार भइरहेको थियो । मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनलाई निसर्ग हस्पिटलको आइसीयूबाट सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिरबहादुर कुँवरले पुष्टि गरेका हुन् । मृतक पुरुषको यसअघि ३ पटक कोरोना परीक्षण भइसकेको उनले बताए । सुरुमा साउन १९ गते नगरपालिकाले कोरोना परीक्षणका लागि स्बाव संकलन गरेको गरेपनि रिपोर्ट ढिलो आउँदा धनगढीकै सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

सुरुमा सेती प्रादेशिक अस्पतालवाट स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पछि नगरपालिकाले संकलन गरेको स्वाबको परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । फेरी मंगलबार परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...