देश विघटन गर्नुपर्छ भन्दै हिड्ने हिसिला र झण्डाको मुद्दा बाहिर ल्याउने बाबुरामलाई कारवाही हुनुपर्छ की पर्दैन ?

Gobinda niraula nishannews

पछिल्लो समय देशमा देखिएको मंगोलियनको नामबाट राष्ट्रिय झण्डा जलाउने काम भइरहेको छ । यसलाई नेपाल समाजवादी कांग्रेसले राष्ट्रियतामाथिको प्रहार भनेको छ । साथै यसलाई उदण्डताको संज्ञा पनि दिएको छ । समाजवादी कांग्रेसले संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, समाजवादी अर्थनीति, स्थानीय स्वशासन र विशेष अधिकारसहितको राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ । प्रस्तुत छ, नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलासँग संघीयताको विरोध, एमसिसि, कोरोना महामारी र कालापानीको विावदबारे निशान न्युजले गरेको कुराकानी :

‘मंगोलियन’ नामक समुहले देशको झण्डा जलाउँदै हिडेको छ । तपाईहरु चाँही वर्तमान शासनसत्ताको विरोध गरेर हिडिरहनुभएको छ । त्यसो गर्दा जनताको बलिदानबाट प्राप्त अधिकार गुम्छ भन्ने लाग्दैन ?
२०६२÷२०६३ को आन्दोलनबाट नेपाली जनताले नागरिक अधिकार प्राप्त गरेका छन् मलाई विश्वास छैन । के आन्दोलनले नेपाली जनताको स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्न सकेको छ ? आन्दोलनबाट जनताहरुले सुख र शान्ति प्राप्ति गरेका छन् ? त्यसको अर्थ स्पस्ट हुनु पर्दछ, त्यो आन्दोलन विदेशी इसारामा सञ्चालित भएको थियो । आन्दोलनको निहुँमा राजसंस्था विघटन गरेर सजिलैसँग भारतीयहरु राष्ट्रपति बन्ने नीति ल्याइयो । संघीयता र धर्मनिरपेक्षताको माध्यमबाट देश विघटन गर्ने नीति लिइयो ।

बाँकी रह्यो मंगोलियन उदण्डताको कुरा । हामी मंगोल हौं भन्दै केही उदण्डवादी तत्वले नेपालको झण्डा जलाएको कुरा सामाजिक सञ्जालमा आइरहेको छ । देशको राष्ट्रिय झण्डा जलाउने काम महाअपराध भएकोले त्यस्ता तत्वमाथि कानूनी कारवाही हुनुपर्दछ भन्ने कुरा सिंगो पार्टीको अडान रहेको छ । र आफुलाई मंगोल भन्ने साथीहरुले आफु नेपाली होइन भन्ने लाग्दछ भने तत्काल नेपाल छोडेर बाहिर जान अनिवार्य हुन्छ ।

तपाईको भनाईका तात्पर्य के हो ?
हामी नेपालीहरु २०४६ को आन्दोलनबाट जब प्रजातन्त्रको बाटोमा लाग्यौं, देशमा भएका सबै उद्योगधन्दाहरु ध्वस्त गरिए । २०५२ देखि माओवादी आतंक सुरु भयो । निर्दोष नेपाली जनताहरुको निर्मम हत्या हुनु र राष्ट्रप्रमुखको बंश संहार हुनु देशको लागि राम्रो संकेत मान्न सकिँदैन । क्रान्तिमा होमिएका धेरै युवालाई अयोग्य बनाएर सत्ता सम्हाल्न पुगेको माओवादी आन्दोलन अहिले पनि समाप्त भएको छैन ।

झण्डा जलाएको विषयमा अलिक स्पस्ट भएन नि ?
झण्डा जलाउनेहरु नेपाली होईनन् भने देश निकाला गर्दा हुन्छ । नेपाली हुन् भने देशको राष्ट्रिय झण्डा जलाउनु महाअपराध हो । जहाँसम्म सजायको कुरा छ, देश विघटन गर्नुपर्दछ भन्दै हिड्ने हिसिला यमी, कालापानी भारतको हो भारतलाई दिनुपर्दछ भन्ने सुजता कोइराला, झण्डाको मुद्धा बाहिर ल्याउने बाबुराम भट्टराई, बिना स्पस्टता महाकाली भारतलाई जिम्मा दिने केपी ओली, शेरबहादुर देउवा, पशुपति समशेर राण, डा. प्रकाशचन्द्र लोहनी लगायतका सबै मानिसहरु सजायका भागिदार हुन्छन् । हजारौ नेपालीको हत्या अभियोगमा माओवादी प्रचण्डलाई कारवाही गर्नुपर्दछ ।

हाल यो सत्ताबाट अधिकार प्राप्त हुँदैन भनेर विद्रोहको बाटो रोजेको माओवादी विप्लव समुहप्रति तपाईको धारणा के हो ?
प्रचण्ड जीसँग क्रान्तिमा लागेका साथीहरु अहिले पनि जंगलमा छन् । उहाँहरु र हाम्रो बाटो अलग छ । उहाँहरु विद्रोहमार्फत सत्ता कब्जा गर्ने भन्दै जंगल पस्नुभएको छ । तर, जनताले त्यो विद्रोह चाहिरहेका छैनन् । हामीहरु पनि यो राज्यसत्ताबाट जनता अधिकारसम्पन्न हुन सक्दैन भनिरहेका छौं । फरक यति छ की हामीहरु संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, समाजवादी अर्थनीति, स्थानीय स्वशासन र विशेष अधिकारसहितको राजसंस्था भनेर आन्दोलित भएका छौं ।

तर तपाईहरु पनि सत्ता परिवर्तनको पक्षमा हुनुहुन्छ होइन र ?
हो । यो सत्ताबाट जनताको मुक्ति सम्भव छैन । देश भ्रष्टचारमा डुबेको छ । मैले पहिले पनि भने की यो सरकार र यो व्यवस्था नै संवैधानिक छैन भनेर । त्यसकारण हामी यो सत्ता परिवर्तन गरेर हामीहरु संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, समाजवादी अर्थनीति, स्थानीय स्वशासन र विशेष अधिकारसहितको राजसंस्था हुनुपर्छ भनिरहेका छौं । मुलुक र जनताप्रति उत्तरदायी सरकार साथै राष्ट्रिय एकता कायम हुन आवस्यक छ । राष्ट्रिय एकताको लागि वर्तमान शासन–सत्ताको अन्त्य हुन जरुरी छ । संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना भयो भने पनि राष्ट्रिय एकता कायम हुन्छ ।

तपाईले पटकपटक भ्रष्टाचारको कुरा उठाउँदै आउनुभएको छ । देशमा भ्रष्टाचार बढ्यो भन्ने आधारहरु के छन् तपाईसँग ?
तपाईले देखिरहनु भएको छ, भ्रष्टाचारको व्याख्या त प्रधानमन्त्री कपी शर्मा ओली र नेता प्रचण्डले गरिसक्नु भएको छ । एनसेल काण्ड, बालुवाटार काण्ड, गोरे सुन काण्ड, वाईडबडी काण्ड, मेलम्ची काण्ड, फोरजी काण्ड, कोरोना सामाग्री काण्ड, यो भन्दा कति चाहिन्छ प्रमाण ? यो भन्दा अरु आधार के चाहिन्छ ? अहिले कोरोना कहरको बेला कति भ्रष्टाचार मौलाएको छ भन्ने कुरा त तपाईहरुले नै मिडियामार्फत सार्वजनिक गरिरहनु भएको छ होइन र ? यति मात्रै होइन, नेपालको महाकाली भारतलाई बेचेको आशंका छ । त्यस अर्थमा भन्नु पर्दा हामीहरु वर्तमान शासनसत्ताकै विरुद्धमा छौं । अर्थात् संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना भएन तथा भ्रष्टचारको निर्मुल गर्न सकिएन भने देश बच्न सक्दैन भन्ने हाम्रो निचोड पनि छ ।

कोरोना संक्रमणको कुरा उठिहाल्यो । विस्व नै कोरोना भाइरसबाट ग्रस्त बनेको समयमा नेपालसरकारले गरेको रोकथाम प्रयास कत्तिको पूर्ण मान्नु हुन्छ ?
विश्व नै कोरोना संक्रमणको महामारीले ग्रस्त बनेको अवस्था छ । कतिपय देशहरुले नियन्त्रणमा लिइसकेको भए पनि नेपालमा तीव्र रुपमा फैलिरहेको छ । यसरी नेपालमा तीव्र रुपमा फैलिनुमा सरकार दोशी छ । कोरोना संक्रमण नियनत्रणका लागि नेपालको यो वर्तमान सकार लाचार छ । भ्रष्टचारमा लिप्त सरकारले महामारीको सामान र औषधि किन्दासमेत कमिसनको खेल डुबेको छ । यो जस्तो लाजमर्दो कुरा अरु के हुन सक्छ र ? त्यसमा पनि प्रधानमन्त्री आफैं भ्रष्टचारमा संलग्न देखिएका छन् । त्यसकारण कोरोना नियन्त्रणका लागि भन्दा पनि अझ फैलिए हुन्थ्यो भन्ने पक्षमा सरकार लागेको छ । अहिले नियन्त्रणको प्रयास गरेको देखिए जस्तो लागे पनि यो सब नौटंकीबाहेक अरु केही होइन ।

यसको रोकथाम सरकार एक्लैले गर्न सक्ने कुरा हो र ?
होईन । तर देश र जनताप्रति जिम्मेवार हुन सकेन भने त्यस्तो सरकारको कुनै अर्थ रहँदैन । तपाई आफैँ भन्नुस्, के सरकारको जिम्मेवारी लकडाउन मात्र हो ? गरिव जनताको लागि गाँस, बास, कपास चाहिन्छ कि चाहिँदैन । विदेशमा अलपत्र परेका जनताको संरक्षण कसले गर्ने ? रोजगारको व्यवस्था कसले गर्ने ? हो कोरोना नियन्त्रण सरकार एक्लैले गर्न सक्दैन । त्यमा म सहमत छु । तर, मुख्य जिम्मेवारी त सरकार कै हो । यसबाट सरकार पन्छिन मिल्दैन ।

कोरोना भाईरसको महामारीलाई तपाईले त ‘वायोलोजिकल वार’ भन्नु भन्दै आउनुभएको छ । किन त्यस्तो भन्नु भएको ?
विश्व धु्रवीकृत हुन खोजिरहेको छ । शक्ति र महाशक्ति राज्यबीचको लडाइँ भएन भने कुन शक्ति सुपर पावर भन्ने कुरा आफु आफुलाई नै थाहा नहुने कुरा हो । अबको लडाइँ बन्दुक र गोली काँधमा हालेर हुन्छ भन्ने कुरा विस्वास गर्नुहुदैन । लडाइँ घरको कोठाभित्र बसेर हुन्छ । हार जित कम्प्युटरको पर्दामा देखिन्छ ।

अर्को कुरा, एउटा समयमा मैले ‘दक्षिण एशियामा शीतयुद्धको संक्रमण’ भनेर लेख्दा धेरै पत्रकार साथीहरुले प्रस्न गर्नुभएको थियो । तपाईले दोक्लाम घटना देखिहाल्नु भयो । अहिले पश्चिम लद्दाक एरियामा चीन र भारतबीच घमसान भइरहेको छ । राख्नुस दोक्लाम घटनाको शीत ओभाउन नपाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीनका राष्ट्रपतिलाई रातो कार्पेट विछ््याउन आतुर देखिए । जब अमेरिकी राष्ट्रपतिको नजर एसियन रिजनतिर घुम्यो, वास्तविक आफु सुपर पावरमा रहिरहन तेस्रो विश्व युद्धको आवश्यकता शक्ति राज्यको निम्ति पनि उभार भएको महसुश हुन्छ । विश्व आतंकित कोरोनाबाट त्रसित अमेरिकाले आफ्ना सबै राज्य लकडाउन गरेर चीनको सहयोग खोज्नु वास्तविकता बुझ्न धेरै ढिलो गर्नु हुँदैन ।

एमसिसि र कालापानीको कुरालाई कसरी हेर्नुभएको छ नि ?
लिम्पियाधुरा लिपुलेक कालापानी क्षेत्रनेपालको भूभाग हो नेपाल रहन्छ । जहासम्म एमसिसिको कुरा छ नेपालको संविधानलाई सर्वोपरी मानेर वाहेक सम्झौता गरिएका कुनैपनि वैदेशिक सहायता हाम्रो लागि मान्य छैन ।जनताहरु भगवान हुन यस्ता कुरामा खवरदारी गरिरहन्छन । हामीहरु देशको शान्ति स्थायित्व र विकासको निम्ति चिन्तित छौ ।

कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव त नेपालमा पनि पर्ला नि होइन र ?
देशको अवस्था भयावह छ । २०४६ को प्रजातन्त्रले उद्योगविहीन बनाएको नेपालको आर्थिक अवस्था २०५२ देखिको बारुदी आतंकले तहसनहस बनाउँदा निर्यात बजार शुन्य हुनु मुलुक विघटनको बाटोमा जादैन भन्ने कुरा विश्वास गर्ने अवस्था छैन । कृषिको उत्पादन जीवनयापनको लागि समेत अपुग छ । त्यति मात्र हो, जीवनयापनको निम्ति रोजगारी गर्न विदेश गएका गरिव नेपाली दाजुभाई दिदिवहिनीहरुले परिश्रम गरेर पठाएको पैसाले देशको अर्थतन्त्र धानेको छ । तपाई आफैँ भन्नुस् अन्तर्राष्ट्रिय अर्थतन्त्रको प्रभाव रोजगारदाता मुलुकमा पर्दा नेपालको अर्थतन्त्रमा प्रभाव नहुने कुरै भएन नि ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...