जोगिएर गौरा पर्व मनाऔं : राष्ट्रपति भण्डारी

Bidya bhandari 29

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियम पालना गर्दै गौरा पर्व मनाउन आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले गौरा पर्व २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएकी छन् ।

गौराले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भावलाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

गौराजस्तो विशिष्ट सांस्कृतिक चाडका माध्यमबाट फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका नेपालीबीचको भावनात्मक एकतालाई थप प्रगाढ बनाउन मद्दत पुगोस् भनी उनले शुभेच्छा पनि व्यक्त गरेकी छन् ।

मध्य तथा सुदूरपश्चिम क्षेत्रमा प्रमुख चाडका रूपमा गौरा पर्व मनाइन्छ । यस पर्वमा कामविशेषले परदेश गएकाहरू घर फर्कने र विवाहित महिला माइत जाने गर्छन् । यस अवसरमा पाँच प्रकारका अन्नको मि श्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादका रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेलेर रमाइलो गर्ने चलन छ । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी यो पर्व मनाइन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...