मोदी मन्त्रिमण्डलबाट शिवसेनाका मन्त्री अरविन्दले दिए राजीनामा

Dc8a89d43134bcffdc35366a1a7399b5 w1000 h500 cp

नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् । उनी शिवसेना पार्टीका तर्फबाट लोकसभाका सांसद हुन् । सावन्त मोदी सरकारमा ठूला उद्योगमन्त्री थिए। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजीनामा घोषणा गरेका हुन् ।

‘शिवसेना सत्यको साथमा छ । यस वातावरणमा दिल्लीमा सरकारमा रहनु भनेको के हो ? यसकारण म केन्द्रीय मन्त्रीबाट राजीनामा दिन्छु’, ट्विटरमा उनले लेखेका छन् ।

यस राजीनामाका साथ यो अपेक्षा गरिएको छ कि शिवसेना महाराष्ट्रमा भारतीय राष्ट्रिय कांग्रेसको सहयोगमा सरकार बनाउन गइरहेको छ । कांग्रेसले शिवसेना एनडीए गठबन्धनबाट बाहिरिए पछिमात्रै कांग्रेसले सहयोग गर्ने बताएपछि उनले राजीनामा दिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...