गण्डकी प्रदेशमा १७ जना नेपाली सेनासहित २३ संक्रमित थपिए

Corona test19

पोखरा । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३६ पुगेको छ ।

बुधबार थपिएका संक्रमितमध्ये लमजुङका १७ जना नेपाली सेनामा कार्यरत रहेको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ । तीमध्ये एक जना ग्लोबल आइएमई बैकका कर्मचारी रहेका छन् । उनी बेंसीशहरस्थित ग्लोबल आइएमई बैकका कर्मचारी हुन् भने एक सर्वसाधारण रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसमध्ये पोखरा महानगरपालिकाका संक्रमित ब्यक्ति साई अर्चना अस्पतालमा कार्यरत हुन् भने मादी गाउँपालिकाका संक्रमित दुबईबाट आएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमा नवलपरासीको गैंडाकोटका १ पुरुष रहेका छन् । कास्कीको मादी गाउँपालिकाका १ पुरुष र पोखरा महानगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...