अफगानिस्तानमा नायिका तथा निर्देशक सबामाथि गोली प्रहार

Saba 400x220

एजेन्सी । अफगानिस्तानमा नायिका तथा निर्देशक सबामाथि गोली प्रहार भएको थियो । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ । अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ । कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गोली प्रहार गरिएको हो । बन्दुकधारीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरेपनि उनीहरु भाग्न सफल भएका छन् ।

प्रतिकृया दिनुहोस