चितवनका ४० जनामा कोरोना संक्रमण पुष्‍टि

20200812 073449 01 e1597197370178

चितवन । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालले बुधबार विहान दिएको जानकारी अनुसार चितवनका ४० सहित अन्य ४ जनामा पनि संक्रमण देखिएको छ । उनीहरु रुपन्देही, नवलपरासी पूर्व, तनहुँ र धनुषाका १–१ जना छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १, २, ४, ५, ७, ९, १०, ११, १२, १५, १६ का १६ जना पुरुष र २० महिलामा संक्रमण पुष्‍टि भएको छ । पुरुषहरु ५ वर्षीय बालक सहित ४६ उमेर समूहका हुन् भने महिलाहरु ८ वर्षीया बालिकासहित ५४ वर्ष उमेर समूहका हुन् । उनीहरुको स्वाब पुरानो मेडिकल कलेज तथा भरतपुर अस्पताल स्वाब सङ्कलन केन्द्र र बिपी कोइराला क्यान्सर अस्पतालबाट सङ्कलन गरिएको हो ।

त्यसैगरी रत्‍ननगर नगरपालिका वडा नं १, ६ र १३ का एकजना पुरुष र दुईजना महिलामा संक्रमण देखिएको छ । उनीहरुको स्वाब पुरानो मेडिकल कलेज र रत्‍ननगर क्‍वारेन्टाइनबाट संकलन गरिएको हो । यस्तै खैरहनी नगरपालिका१ का २६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । उनको स्वाब भरतपुर अस्पतालबाट लिइएको हो ।

त्यसैगरी नवलपरासी पूर्वकी २३ वर्षीया महिलामा पनि संक्रमण पुष्‍टि हुँदा रुपन्देहीकी ५४ वर्षीया महिला, तनहुँका ३८ वर्षीय पुरुष र धनुषाकी ५४ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ । उनीहरुको स्वाब पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट संकलन गरिएको हो । प्रयोगशालामा मंगलबार रातिसम्म परीक्षण गरिएका २१८ नमूनाहरुको परीक्षणमा ४४ वटाको पोजेटिभ आउँदा अन्य १७४ नमूनाहरुको भने नेगेटिभ रिपोर्ट आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...