पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि

Corona news 10

वीरगन्ज । पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुष गरेर पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

३२ जनामध्ये वीरगन्ज महानगरपालिकामा मात्रै १४ जनामा संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका(१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १र१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका -४ का १ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले श्रीवास्तवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस