चीनले गत जुलाईदेखि नै कोरोना विरुद्धको खोप दिँदै आएको खुलासा

Corona vacin

काठमाडौं । कोरोना भाइरस संक्रमण विरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने चीनका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई गत जुलाईदेखि नै खोप दिँदै आएको खुलासा भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक उच्च कर्मचारीले सो खुलासा गरेको सीएनएनले जनाएको छ । चीनको राष्ट्रिय बायोटेक ग्रुप कम्पनी सिनोफार्मले विकास गरेको खोपको तेस्रो चरणको परीक्षण युएई, पेरु, मोरोक्को र अर्जेन्टिनामा गरिएको थियो ।

सो परीक्षण सफल भएपश्चात गत जुलाई २२ तारिखमा चीनको राष्ट्रिय स्वास्थ्य आयोगले स्वीकृती दिएको आयोगका विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक जेङ जोङवाईले बताएका हुन् ।

उच्च जोखिममा रहेका व्यक्तिलाई मात्र खोप दिइंदै आएको छ । स्वास्थ्यकर्मी, परामर्शदाता, ज्वरो नाप्न खटाइएका कर्मचारी तथा कोरोना संक्रमितको आशंका गरिएको व्यक्तिलाई उद्धार गर्नेहरुलाई मात्र खोप दिइँदै आएको छ ।

प्रतिकृया दिनुहोस