कास्कीमा २२ जनाको उम्मेदवारी

Bidhya bhattarai

पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागी बन्न कास्की क्षेत्र नं २ मा २२ जनाको उम्मेदवारी परेको छ । जसमा ११ जना स्वतन्त्र उम्मेदवार छन् ।

बिहीबार प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई, नेपाली कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीका रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी, नेपाली कांग्रेस (विपी) का चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गङ्गा मल्लले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनिलबहादुर कोइराला तथा सुनिल भुसालले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...