नेपालको भूमि मिचिएकोमा समाजवादी कांग्रेसको विरोध

Nepal samajbadi congress

काठमाडौं । नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपूलेकलाई आफ्नो भूभागमा पारेर भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि राजनीतिक पार्टीहरुले विरोध जनाएका छन् ।

नेपाल समाजवादी कांग्रेसले भारतीय साम्राज्यवादको नेपालमाथि पटक पटकका हस्तक्षेपको श्रृंखलामा अर्को घटना भएको बताएको छ । सो पार्टीले बिहबिार विज्ञप्ति जारी गर्दै नेपालको सीमा, प्राकृतिक स्रोत साधन र राजनीतिक क्षेत्रमा पनि बिभिन्न बहानामा हस्तक्षेप गर्न नहुने उल्लेख गरेको छ ।

पार्टीका उपाध्यक्ष महेशमान सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भारतले मिचेको सीमाका विषयमा सरकारले कुटनीतिक पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।

सो पार्टीका अध्यक्ष गोविन्द निरौलाले कालापानी लिपुलेक जुन प्राचीनकालिन सीमा स्थापित गरिएको छ, भित्रको भुमी नेपालको भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष निरौलाले भनेका छन्, ‘कुनै न कुनै समय भारतले अतिक्रमण गर्दै आएको व्यबहार घिनलाग्दो छ । अतिक्रमित भमिमा राखिएका भारतीय सेना तत्काल हटाइयोस् । गरिएको राजनीतिक नक्सांकन आक्रमण खेदजनक छ । सरकारको तर्फबाट तत्काल विरोध गरियोस् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...