कञ्चपुरमा चट्याङले एक जनाको मृत्यु, दुई घाइते

Chatyanag kalikatimes 960x640 1

कञ्चनपुर । कञ्चपुरमा चट्याङले एक जनाको मृत्यु, दुई घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गएराति मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन् । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...