अझै पत्ता लागेन पूजारीका हत्यारा

Rautahat pujari shriram sha

गौर । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पूजारीको हत्या भएको एक साता बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको बताउँदै आएको छ ।

यही भदौ ३ गते राति खाना खान बसेका बेला पूजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले कञ्चटमा गोली हानेर हत्या गरेको थियो । पूजारी हत्याकाण्डको विषयमा छानबिन गर्न प्रदेश–२ को प्रहरी टोली समेत खटिएको छ ।

तर पनि प्रहरीले अनुसन्धानलाई अझै निष्कर्षमा पुर्‍याउन सकेको छैन । प्रदेश–२ प्रहरी कार्यालयका तर्फबाट अनुसन्धानका लागि रौतहट आएका एसएसपी यज्ञ विनोद पोखरेलले घटनाको विविध पक्षबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले पूजारी श्रीराम साहको हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग गरेका छन् । यसअघि नै घटनाप्रति गृह प्रशासनको ध्यानाकर्षण गराएका सांसद साहले सोमबार थप पाँच बुँदे स्पष्ट माग राखेका हुन् ।

सांसद साहले पूजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाका लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखेका हुन् ।

प्रहरीद्वारा थालिएको घटनाको प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुरको मद्दतले शुरु गरिएको अनुसन्धानबाट हिन्दु–मुस्लिमबीच साम्प्रदायिक द्वन्द्व सिर्जना गर्ने उद्देश्यले राजनीतिक समूहबाट यस्तो भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको चौतर्फी आलोचना भएको भएपनि प्रशासनले ठोस तथ्य पत्ता नलाग्नुमा ठूलो शक्तिको चलखेल रहेको स्थानीयको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...