भारतको महाराष्ट्रमा ५ तल्ले घर भत्किदा ९० जना पुरिए

Maharastha

काठमाडौँ । भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएको आशंका गरिएको छ । पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।

रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीले उद्धार गरिरहेको जनाएको छ । दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रहेको सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्किएका थिए ।

उद्धव ठाकरेले स्थानीय विधायकसँग घटनाबारे छलफल गरेका छन् । उनले उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् । बीबीसीका अनुसार भारतमा यस वर्षको मनसुनमा हालसम्म ८ सय बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस