कोरोना संक्रमणबाट शेर्पा सङ्घका अध्यक्षको मृत्यु

Sana sherpa 1

काठमाडौँ । कोरोना संक्रमणका कारण पूर्व ब्रिटिस गोरखा सैनिक तथा शेर्पा संघ बेलायतका अध्यक्ष साना शेर्पाको मृत्यु भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका घर भएका ५१ वर्षीय शेर्पाको सोमबार लण्डनको सेन्ट थोमसेज हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको शेर्पा संघ बेलायतले जनाएको छ ।

उनी तीन छोरा र श्रीमतीसँगै बेलायतको आसफोर्डमा बसोबास गर्दै शेपाको कोरोना संक्रमणका कारण निधन भएको हो । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...