कोरोना पुनः संक्रमणको पहिलो संक्रमित फेला

Coronaa

एजेन्सी । हङ्गकङका वैज्ञानिकले कोरोनाभाइरसद्वारा पुनः संक्रमित भएका व्यक्ति फेला पारेका छन् । ३० वर्ष माथिका यी व्यक्ति पहिलो पटक साढे चार महिना अघि कोरोनाभाइरसद्वारा संक्रमित भएका थिए । वैज्ञानिकका अनुुसार यो भाइरसको जिनोममा दुई कुरा नितान्त फरक थिए र यो पुनः संक्रमण देखिएको संसारको पहिलो मामिला हो ।

यद्यपि, विश्व स्वास्थ्य संगठनले एक बिरामीको आधारमा सिधा निष्कर्ष निकाल्न नमिल्ने बताएको छ । यस्तै, विशेषज्ञले पुनः संक्रमित हुनु अत्यधिक दुर्लभ भएको र यो पहिलेको भन्दा गम्भीर नहुन पनि सक्ने बताएका छन् ।

हङ्गकङ विश्वविद्यालयको यो रिपोर्टमा संक्रमण ठिक हुनुअघि यी व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेको तर एयरपोर्टमा स्क्रिनिङको क्रममा उनी पुनः संक्रमित पाइएको जानकारी दिएको छ । यद्यपि, उनलाई कुनै लक्षण देखिएको भने थिएन । लण्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल साइन्सका प्राध्यापक ब्रेन्डन रेनका अनुसार यो पुनः संक्रमणको निकै दुर्लभ मामिला हो ।

उनका अनुसार यसका कारण कोभिड–१९ को भ्याक्सिन अत्यन्तै आवश्यक हुने गर्छ र भाइरस समयसँगै आफूलाई परिवर्तन गर्ने पनि आशंका छ । जो मानिस भाइरसबाट संक्रमित हुन्छन् उनीहरुको शरीरमा भाइरसबाट लड्नका लागि इम्युन सिस्टम विकसित हुने गर्छ जसले भाइरसलाई पुनः फर्कनबाट रोक्छ ।

सबैभन्दा बलियो प्रतिरोधी क्षमता ती मानिसहरुमा पाइन्छ जो गम्भीर रुपमा कोभिड–१९ द्वारा संक्रमित भएको बीबीसीले बताएको छ । यद्यपि, यो सुरक्षा कति लामो हो र प्रतिरोधी क्षमता कहिलेसम्म रहन सक्छ भनेर अहिलेसम्म स्पष्ट जानकारी छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...