पश्चिमी वायुको सामान्य प्रभाव : केही स्थानमा हल्का वर्षा हुने

Weather news

काठमाडौं । नेपालमा पश्चिमी वायुको साथै माहा चक्रवातको प्रभाव परेको छ । जसका कारण मौसम धमिलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा भने मौसम सफा छ ।

महाशाखाका अनुसार बिहीबार आइतबार पश्चिमी, पूर्वी र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भेगमा हिमपातको सम्भावना छ । शुक्रबार पहाडी र पूर्वी तराईमा आंशिक बदली रही पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

शनिबार दिउँसो देशको पुर्वी भु–भाग लगायत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु–भागमा सामान्यतया सफा रहने छ । राति देशको पुर्वी र मध्य भुभाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...