दाङमा एकै घरका आठसहित १४ मा कोरोना सङ्क्रमण

1586848470coronavirus news scientists is

काठमाडौँ । दाङमा एकै परिवारका आठसहित १४ मा कोरोना सङक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का एकै परिवारका आठसहित नौ, शान्तिनगर–३ का एक जना र शान्तिनगर–५ का एकमा कारोना सङक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि पुनले जानकारी दिए ।

सङक्रमित हुनेमा पाँच वर्र्षीय बालकदेखि ४२ वर्ष उमेर समूहका रहेका छन् । शान्तिनगरका सङक्रमित सबै यही भदौ २ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनले बताए ।

सङक्रमित ११ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पताल लगिएको छ । क्वारेन्टिनमा बसेका ४० को स्वाब परीक्षण गर्दा ११ मा सङ्क्रमण भेटीएको हो । शान्तिनगरमा अहिले १२ सक्रिय सङ्क्रमित छन्  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...