रामेछापका कोरोना संक्रमितको संख्या ६० पुग्यो

118159783 880756229334116 7306192243887357066 n

काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएदेखि हालसम्म रामेछापका ६० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रामेछाप स्थायी बसोबाससहित देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्दै आएका ५३ जना पुरुष र ७ जना महिलामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

जसमध्ये सोमबारसम्म ३० वटा केस सक्रिय रहेको छ भने अन्य उपचारपछि घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि हुँदा रामेछापका २ जनामा कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार प्रेस बिफ्रिङमा जानकारी दिएको दुई जना, गोकुलगंगा गाउँपालिकाका ३६ वर्षीय पुरुष र मन्थली नगरपालिकाका ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए।

उनका अनुसार स्थायी ठेगाना रामेछाप उल्लेख भएपनि लामो समयदेखि दुबै जना काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका व्यक्ति हुन्। स्वास्थ्य कार्यालय रामेछापका अनुसार रामेछाप जिल्लाबाट १ हजार ७७ जनाको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पोजिटिभ देखिएको छ।

पोजिटिभ देखिएका ६० जनामध्ये ३३ जनाको जिल्लाबाट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको हो। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लामा संकलन गरेर पठाइएको स्वाबमध्ये ९२८ जनाको कोरोना नेगेटिभ आएको छ भने ११६ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ।

थापाका अनुसार सोमबारसम्म जिल्ला अस्पतालमा ७९ जना, तामाकोसी अस्पतालमा ४९ जना, मन्थली नगरपालिकामा ३२५ जना, रामेछाप नगरपालिकामा १२० जना, उमाकुण्ड गाउँपालिकामा ६५ जना, खाँडादेवी गाउँपालिकामा ६५ जना, गोकुलगंगा गाउँपालिकामा १९२ जना, दोरम्बा गाउँपालिकामा ३४ जना, लिखु तामाकोशी गाउँपालिकामा ९१ जना र सुनापति गाउँपालिकामा ५७ जनाको स्वाब संकलन गरिएको छ।

सोमबार ६१ जनाको स्वाब संकलन गरिएको थापाले जानकारी दिए। रामेछापमा ८९२ जनाको डाइग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो। अहिले रामेछापमा २ जना आइसोलेसनमा उपचाररत छन् भने २१ जना क्वारेन्टाइनमा बसिरहेका छन्। जिल्लामा १०४ वटा आइसोलेसन बेड रहेका छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...