विमानमा महिलाले खिचेको तस्वीर भाइरल भएपछि चालकलाई आजीवन प्रतिबन्ध

Model biman

काठमाडौं । आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र एक महिलाले खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि विमान चालकलाई आजीवन प्रतिबन्ध लगाइएको छ । यो तस्वीर खिचिएको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

गत साता चिनियाँ सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो ।

तस्वीर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ । एअर ग्वेयलिनले एउटा विज्ञप्तिमार्फत् ककपिटमा ‘असम्बन्धित मानिसलाई लगेको’ भन्दै पाइलटले उड्डययन सुरक्षाका नियमहरू उल्लङ्घन गरेको जनाएको छ ।

आइतवार ती महिलाले राखेको तस्वीरको स्क्रीनशट माइक्रोब्लगिङ साइट विबोमा थेरैले सेयर गरेका थिए । उक्त पोस्टमा ती महिलाले तस्वीरसँगै ‘क्याप्टेनलाई धन्यवाद । निकै खुसी’ लेखेकी थिइन् । चिनियाँ समाचासंस्थाको वेबसाइटका अनुसार ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमानपरिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ ।

सो विमानसेवाले उक्त तस्वीर उडान हुँदाहुँदै खिचिएको हो कि हैन त्यो स्पष्ट पारेको छैन । तर चिनियाँ विमानचालक तथा समीक्षकहरूले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन् ।

गत वर्ष चीनकै डोङ्गाई विमानसेवाले एक विमानचालकले श्रीमतीलाई ककपिटमा प्रवेश गर्न दिएपछि उनलाई छ महिनाका लागि निलम्बन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...