प्रदेश १ मा थपिए ६४ जना संक्रमित, १२ जना डिस्चार्ज

Corona test19

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा मोरङमा २९ जना छन् भने सुनसरीमा १९ जना, झापामा ५ जना, धनकुटामा २ जना, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङका संक्रमितहरुमा विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० महिला र १३ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १ महिला र २ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको गढीमा ३ महिला र ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला र १ पुरुष, धरानमा २ महिला र १ पुरुष, इटहरीमा १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाको बाह्रदशीमा १ महिला र ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार आजसम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...