लागुऔषधका तस्करले गरे ९ जनाको हत्या

Murder america

काठमाडौं । उत्तरी मेक्सिकोमा ९ जना अमेरिकी नागरिकको गोली हानी हत्या भएको छ । ६ बालिबालिका र तीन महिलासहित ९ जनाको गोली हानी हत्या भएको बीबीसीले जनाएको छ । लागुऔषध तस्करको समूहले उनीहरुमाथि गोली प्रहार गरेको जनाइएको छ ।

पीडित लहुबारन परिवारका सदस्य हुन् । उनीहरु मेक्सिकोका मोरमन समुदायसँग अलग भएर बनेको परिवार हो । मेक्सिकोका सुरक्षामन्त्रीले गलत पहिचानका कारण उनीहरु निसाना बनाइएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

उत्तरी मेक्सिकोको सिनोरा राज्यमा २ ड्रग माफियाबीच लडाइँ रहेको छ । एउटा समूह ला लिनिआ जुन एउटा ठूलो ‘खुआरेज’ ड्रग्स गिरोहसँग जोडिएको छ भने अर्को समूह ‘लोस चापोस’ हो, जो सिनालोआ गिरोहको हिस्सा मानिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...