८३ जना कर्मचारीका लागि खुल्यो विज्ञापन

Dailekh petroliyam camp

काठमाडौं । पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषणको काम विभिन्न पदहरुमा रोजगारी खुलेको छ । दैलेखको श्रीस्थान र नाभिस्थान लगायतका क्षेत्रहरुमा चिनियाँ प्राविधिक टोलीले अन्वेषणको काम सुरु गरेको छ ।

दैलेखको डुँगेश्वर गाउँपालिका –१ को चुप्रामा अन्वेषण र उत्खननको समय अवधिभर बस्न सर्भे बेस क्याम्प निर्माणपश्चात् विभिन्न ९ पदका लागि कर्मचारी माग गरेको छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणको पहिलो कार्य साइस्मिक कार्य गर्न ८३ जना कर्मचारी मागका लागि काठमाडौंमा रहेको त्रिबेणी ओभरसिज प्रालिले अनुमति पाएको छ ।

अन्वेषणका लागि कामदार ५० जना, ड्रिलर १० जना, सुटर पाँच जना, ट्राबल सुटर पाँच जना, जिपिएस अप्रेटर पाँच जना, सर्भेयर ६ जना, ड्रिलिङ फोरम्यान एकजना र लाइन फोरम्यान एकजना गरी ८३ जना कर्मचारी माग गरेको हो ।

कामदार र अन्य विभिन्न प्राविधिक पदहरुका लागि दर्खास्त आइरहेकाले चाँडै सबै पदका कर्मचारीको टुँगो लगाइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...