नेपाल आयल निगमको अमलेखगन्ज डिपो र भन्सारका कर्मचारीसहित ५३ जनालाई कोरोना संक्रमण

Narayani hospital

वीरगन्ज । पछिल्ला केही दिनयता प्रदेश नं. २ कोरोना संक्रमणको हटस्पट बनेको छ । सोमबार मात्रै ५३ जनामा कोरोना पुष्टि भएको छ ।

आइतबार राती नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपोका कार्यरत ९ जना र वीरगन्ज भन्सार कार्यालयका १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका अनुसार आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । १९ जना संक्रमित बाराका बासिन्दा हुन् ।

५३ जना संक्रमितमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जमा भदौ ६ गते ८१ जनाको स्वाब संकलन भएको थियो ।

जसमध्ये १६ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष कृष्णबहादुर ठकुरीले जनाए । उनका अनुसार १६ जनामध्ये ९ जना नेपाल आयल निगमका कर्मचारी हुन् । बाँकी ट्यांकर चालक र स्थानीय हुन् ।

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा १४ जना संक्रमित थपिएका छन् । गत भदौ ५ मा उक्त वडामा ९५ जनाको स्वाब संकलन गरिएको थियो । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ भिस्वाका १३ जना , वडा नम्बर ४ , ६ , ११ , १२ , १६ , २१, २४ का १र१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...