बेड नम्बर २०७ मा १२ वर्षीय गर्भवती बालिका !

Pregnant garvawati

काठमाडौं । गर्भवती हुन महिलाको उमेर वयस्क हुनुपर्छ । तर, काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा १२ वर्षकी कलिली बालिका गर्भवती भएर अस्पताल भर्ना भएकी छन् ।

अछामको रामारोशन गाउँपालिका–४ की १२ वर्षीय बालिकालाई कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याएर जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको पाइएको थियो ।

अछामको रामारोशन गाउँपालिका–४ बाट उपचार गर्न काठमाडौं आएका उनलाई यहाँ सबै नयाँनौलो लागेको छ । उनी बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् ।

आफू कसरी गर्भवती भएँ भन्ने जानकारी बालिका दिन सक्दिनन् । उनीमाथि जबर्जस्ती करणी गर्ने व्यक्ति को हो भन्ने पनि बताउन सक्दिनन् । चिकित्सा भाषामा उनको समस्या बौद्धिक अपांगता हो । यस्ता व्यक्तिको उमेरसँगै हुनुपर्ने मानसिक विकास हुँदैन, उनीहरू बालबालिकाझैं व्यवहार गर्छन् । आफूलाई हानिनोक्सानी भएको पनि थाहा पाउँदैनन् ।

उनका ठूलो बुबा कृष्णबहादुर घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर टहलिन निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएका कारण उनलाई चिन्ता बढेको हो । छोरीको कस्तो उपचार हुने हो ? उनलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारे जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताए ।

छोरीको स्वास्थ्य अवस्था कस्तो हुने हो भन्ने चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ । वडाले दिएको २० हजार रुपैयाँ लिएर काठमाडौं आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । उनीसँग एक जना प्रहरी जवान पनि आएका छन् । वडाको सिफारिसमा आएका उनको खानाखाजा खर्च कृष्णबहादुरले बेहोर्दै आएका छन् । त्यसैले बाँकी पैसा पनि सकिन लागेको छ ।

‘बोल्न पनि नसक्ने बच्चीमाथि यस्तो घिनलाग्दो व्यवहार गर्ने मान्छलाई जेल हाल्नपर्ने हो,’ उनले भने, ‘पहिलो पटक काठमाडौं आएको, कता जाने, के गर्ने, केही मेसो पाउँदिनँ । म पो जेल परेजस्तो भएको छु ।’

अस्पतालले बालिकालाई ‘अब्जर्भेसन’मा राखिएको बताएको छ । बालिकाको उपचार सुरु नभएको र भिडियो एक्सरेलगायत रिपोर्ट आइसकेपछि गर्भपतन गर्नेरनगर्ने भन्ने निर्णय लिइने अस्पतालले जनाएको छ । बालिकाको उपचार निःशुल्क गरिने अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । औषधि र बेड खर्च पनि अस्पतालले लिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...