यी छोरी, जसले खोज्दैछिन् आमाका लागि ब्वाईफ्रेण्ड

Mother bf 1

काठमाडौं । आफ्ना सन्तानको विवाह प्रायः बुबा आमाले गरिदिने चलन छ । तर, यस्तो एउटा ट्वीट आएको छ, जसमा छोरीले आमाको लागि जीवन साथी खोजी गरेकी छन् । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो ।

परिवर्तित समाजमा उनको यो कदमलाई जताततै प्रशंसा गरिँदै छ । यसैकारण छोरीले गरेको ट्वीट तीब्र रुपमा भाइरल भइरहेको छ । आस्था वर्मा नामकी युवतीले ट्वीटरमा आफ्नो र आमाको तस्बिर सेयर गर्दै लेखिन्, ‘आफ्नी आमाका लागि ५० वर्षका ह्यान्डसम व्यक्तिको खोजीमा छु । उनी शाकाहारी, मद्यपान नगर्ने र राम्रो तरिकाले स्थापित हुनुपर्छ ।’

आस्था आफ्नी आमाका लागि यस्तो दुलहाको खोजीमा छिन् जो हेर्दा ह्यान्डस हुनुपर्छ र उमेर ५० वर्षको हाराहारीमा हुनुपर्छ । आस्थाको यो ट्वीट अहिलेसम्म ६ हजार बढीले रिट्वीट गरेका छन् र यसमा २९ हजार बढी लाइक आइसकेको छ ।

आस्थाको प्रोफाइल हेर्ने हो भने उनले आफूलाई कवयित्री, राजनीतिक अवलोकनकर्ता, नेल आर्टिस्ट, देशभक्त र कानूनकी विद्यार्थीको रुपमा पेश गरेकी छिन् । आस्थाले ट्वीटरमा जुन फोटो सेयर गरेकी छिन् त्यसमा उनकी आमाले गुलाबी रङको कुर्ता लगाइरहेको देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...