यसकारण मुस्कुराउँदै आए गोविन्दा

Gobinda nepal aaye

काठमाडौं । बलिउड अभिनेता गोविन्दा पत्नी सुनिता आहुजालाई लिएर नेपाल आइपुगेका छन् । गोविन्दासँगै नायीका निरुता सिंह पनि काठमाडौं आएकी छन् । 

आगामी बिहीबारदेखि वीरगञ्जमा आयोजना हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन श्रीमति आहुजालाई लिएर गोविन्दा मंगलबार काठमाडौं आइपुगेका हुन् ।

गोविन्दा गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता नेपाली मुलकी हुन् । त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् ।

महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएको थियो । महोत्सव उद्घाटनका दिन गोविन्दाले आफ्नो प्रस्तुति समेत दिने संघले जनाएको छ ।

महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।

गोविन्दाले आफ्ना फिल्म हेर्ने सम्पूर्ण नेपालीहरुप्रति आभार समेत प्रकट गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफ्नो फिल्म हेर्ने सबैलाई आभार व्यक्त गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...